
काठमाडौं, फागुन २७ । बलिउड नायिका एवं वीपी कोइरलाकी नातिनी मनिषा कोइरालाले तत्काल राजनीतिमा प्रवेश नगर्ने बताउनु भएको छ ।
महाशिवरात्रीको अवसरमा ‘महामृत्युंजय मंत्र’ सार्वजनिक कार्यक्रममा उहाँले अनुकूल वातावरण नभएसम्म राजनीतिमा आउने योजना नरहेको बताउनुभयो ।
महामृत्युञ्जय मन्त्र क्यान्सर तथा अन्य अस्वाभाविक अवस्थाबाट बच्नका लागि मन्त्र तयार गरिएको पनि उहाँले बताउनुभयो ।
मनिषासँगै सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको आवाजमा महामृत्युञ्जय मन्त्रोच्चारण रहेको छ ।
यसको कम्पोज सुरेन्द्र श्रेष्ठले गरेका हुन् भने भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका हुन् ।
क्यान्सरलाई पराजित गरेपछि मनिषा कोइराला पुस्तक लेखन, सामाजिक कार्य तथा संगीत कर्ममा व्यस्त हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्