२३ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025

सत्ताको क्षुद्र राजनीतिले गर्भाशयमै निर्ममतापूर्वक तूहाइएको नेकपा

0
Shares

राजन कुईंकेल ।

सत्तास्वार्थ कति निर्मम र निष्ठूर हुन्छ भन्ने पछिल्लो उदाहरण बनेको छ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । उक्त पार्टीका अध्यक्षद्वय खड्गप्रसाद (केपी) ओली र पुष्पकमल दाहाल (प्रचण्ड) को सत्ता खिंचातानीका कारण अन्ततः देशी विदेशी प्रोत्साहनमा तीन वर्षअघि राखिएको गर्भाधान अंकुराउन नपाउँदै मारियो । परिदृष्यहरु यसरी नाचेका छन् कि, नेकपा निर्माणको बिज पनि विदेशीले नै रोपेको थियो र भ्रूण हत्या गराउन पनि विदेशी नै प्रयोग भए । कम्युनिष्ट ताज पहिरिएर नाटक डबलीमा देखिएकाहरु त फगत बुख्याँचाको भूमिकामा मात्र थिए भन्ने छर्लङ्ग भएको छ ।

इतिहासको कालखण्डमा कबै कुनै बैरी अघिल्तिर नझुकेर स्वाभीमान र अखण्डता जोगाएको पावन धर्ती नेपालमा आफ्ना स्वार्थ, विचार र ध्वजा फहराउन चाहनेहरुले तयार पारिदिएको चक्रब्यूहको परिणाम थियो, नेकपा । साथमा उकेराको काम गरिदियो सत्तालिप्सामा लम्पट ब्यभिचारी नेपाली राजनीतिका लालचीहरुको लालसा । देश र जनताको नाम लिलामीमा राखेर घ्यू बेचुवा र तरबार बेचुवा शैलीमा सम्पन्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको कथित समागमबाट गराइएको गर्भाधान असमयमै तुहाइयो ।

चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच भ्रातृसंस्थाको मान्यता दिँदै प्रशिक्षण दिन चिकपाको नेताहरुको लर्को लाग्ने, बिआरआईका परियोजनाहरुलाई अनुमति दिन मरिहत्ते गर्ने, एमसीसी संसदमा प्रवेश नै नदिने, सिगात्सेको रेल केरुङ हुँदै काठमाडौं–वीरगञ्ज पुर्‍याउने गुड्डी हाँक्ने, जयनगर–जनकपुरको रेल घुम्टोले ढाकेर राख्ने, चिनियाँहरुलाई प्रवेश पास निःशुल्क गर्ने, भारतीय सीमा बन्दको भाषण छाँट्ने, सिंहदरबारको गेटमा नेपालको प्रहरी कुट्दै बर्दी च्याँत्ने चिनियाँलाई समेत कार्वाही गर्न नसक्ने जस्ता विषयलाई सीमा बाहिरकाहरुले असमान सम्बन्धका रुपमा ब्याख्या गरिरहेका थिए ।

गर्भाधान नै स्वःस्फूर्त प्राकृतिक थिएन । कसैले जगाइदिएको तृष्णामा वशिभूत भएर सम्पन्न समागमको परिणाम महाभारतमा दूर्वासा ऋषि श्रापित मुशल बनेर निस्कियो । नेपालमा कम्युनिष्ट विचारधाराको एकछत्र सत्ता बनाउँदै सगरमाथाको शीरमा हँसिया हथौडा अंकित लालझण्डा निरन्तर फहराउने र तिनैमार्फत् आफ्ना निहीत स्वार्थहरु पूरा गराउने दीर्घसोचका साथ निर्मित एमाले–माओवादी गठबन्धन र एकिकृत नेकपालाई मुसी भवः बनाउने खेल सोही समयदेखि नै चलेको थियो ।

आफ्नो खुट्टा, सोच र विचारभन्दा क्षणिक सत्ता स्वार्थको लालचमा फसेका कथित जेट पाइलटहरुलाई लोभाग्नी जगाउन किञ्चित गाह्रो थिएन । पाँच वर्ष आधा आधा सत्ता बाँडेर खाने ओली–दाहाल लिखितम् नै नेकपा भ्रूण हत्याको माध्यम बनाउन चाहनेहरुका लागि लिस्नो बन्यो । ओली र दाहालबीचको घ्यू र तरबार बेचुवा सम्झौतामै धार लगाउन सात समुन्द्र पारबाट समेत परममित्रहरुले भूमिका खेले । त्यसमाथि नेकपा बनाइएकामा फुरफुर नाच्ने उत्तरी परीको चालढालले दक्षिणका भाले मुजुरहरु मर्माहत भएकै थिए । मौकाको ताकमा रहेका उनीहरुले नेकपाभित्रको त्यही अन्तरविरोधहरुमा ठुँगें, जहाँ जहाँ प्रहार गर्दा धाउ लाग्ने थियो ।

नेकपाका नाममा तीन वर्षयता गरिएका तमाम कर्म र लगानीहरु शून्यमा पुगेको छ । राज्यको ढुकटी स्वाहा बनाएर नाचिएका नाचहरु निकम्मा भएका छन् । विचार र संगठनभन्दा व्यक्तिलाई केन्द्रमा राखेर अर्काैले निर्माण गरिदिएको डबलीमा नाच्न पुग्दा नेकपा भन्ने भ्रूणको हत्या भएको छ । उसोत, शक्ति र सत्ताका अघिल्तिर लम्पसार संवैधानिक निकायका पदाधिकारीहरुले आफ्नो कर्तव्य निर्वाह नगर्दा अर्कै(ऋषि कट्टेल) ले दर्ता गराइसकेको नेकपा हडपेर दिइएको थियो, ओली–दाहाल नेतृत्वलाई । निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध अदालत पुगेका कट्टेललाई समयमै न्याय नदिई पेण्डुलम बनाइराख्दा अन्ततः सोही मुद्दा एमाले र माओवादी केन्द्रलाई विभाजन गर्न चाहनेहरुका लागि ‘रामसेतु’ बनिदियो ।

चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच भ्रातृसंस्थाको मान्यता दिँदै प्रशिक्षण दिन चिकपाको नेताहरुको लर्को लाग्ने, बिआरआईका परियोजनाहरुलाई अनुमति दिन मरिहत्ते गर्ने, एमसीसी संसदमा प्रवेश नै नदिने, सिगात्सेको रेल केरुङ हुँदै काठमाडौं–वीरगञ्ज पुर्‍याउने गुड्डी हाँक्ने, जयनगर–जनकपुरको रेल घुम्टोले ढाकेर राख्ने, चिनियाँहरुलाई प्रवेश पास निःशुल्क गर्ने, भारतीय सीमा बन्दको भाषण छाँट्ने, सिंहदरबारको गेटमा नेपालको प्रहरी कुट्दै बर्दी च्याँत्ने चिनियाँलाई समेत कार्वाही गर्न नसक्ने जस्ता विषयलाई सीमा बाहिरकाहरुले असमान सम्बन्धका रुपमा ब्याख्या गरिरहेका थिए ।

एमाले–माओवादी केन्द्रको गठबन्धनले नेपाली कांग्रेससहितका अरु दललाई संसदमा पुग्ने आकार बढोत्तरी हुनबाट रोक्न त भूमिका खेल्यो, तर तीन वर्ष नपुग्दै भएको गर्भपातपछि केपी ओली र पुष्पकमल दाहालहरुले जनतालाई झुक्याएर बटुलेको मतको श्राप भोग्नुपर्ने अवस्था आयो । डबलीमा निर्वाचन आयोग, अदालतलगायतका संवैधानिक भूमिका भएका संस्था र त्यसभित्रका पात्रहरु देखिए पनि नेपथ्यबाट निर्देशन दिनेहरु नेपाल र नेपालीको भन्दा विश्वशक्तिको होडमा लागेकाहरु हुन् भन्ने बुझ्न अब पनि आइतबार कुरिरहनु पर्ला र ?

गर्भाधान नै स्वःस्फूर्त प्राकृतिक थिएन । कसैले जगाइदिएको तृष्णामा वशिभूत भएर सम्पन्न समागमको परिणाम महाभारतमा दूर्वासा ऋषि श्रापित मुशल बनेर निस्कियो । नेपालमा कम्युनिष्ट विचारधाराको एकछत्र सत्ता बनाउँदै सगरमाथाको शीरमा हँसिया हथौडा अंकित लालझण्डा निरन्तर फहराउने र तिनैमार्फत् आफ्ना निहीत स्वार्थहरु पूरा गराउने दीर्घसोचका साथ निर्मित एमाले–माओवादी गठबन्धन र एकिकृत नेकपालाई मुसी भवः बनाउने खेल सोही समयदेखि नै चलेको थियो ।

हो लालच, महात्वाकांक्षा, व्यक्तिनिहीत चरित्र र प्रवृत्तिहरुमा खेलेरै नेकपा नामक बिजलाई नजन्मँदै हत्या गरियो । परिणाम मुलुकको राजनीतिक सुईंले फन्का मारेर तीन वर्ष पछाडीको अवस्थामा पुगेको छ, अर्थात् २ जेठ २०७५ मा पुगेको छ । उसो त यो एकता आन्तरिकभन्दा वाह्य चाहमा निर्देशित थियो भन्ने प्रमाण पार्टी एकीकरण भएको १८ महिनापछि बल्ल संगठनात्मक संरचनाबारे सहमति गर्नुले नै देखाएको थियो । त्यो मिति आइपुग्दासम्म एकीकृत नेकपाको मूल नेतृत्वमा विश्वासको खाडल बढ्न थालिसकेको थियो ।