
तस्विर फाइल
काठमाडौं, फागुन २८ । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक जारी छ ।
सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय दलको नेता चयन लगायत बारे छलफल हुने नेताहरुले बताएका छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन ।
सत्ता सहकार्य सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिरहेको जसपाको संसदीय दल बैठकलाई महत्वका साथ हेरिएको छ ।
गत वैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीबीच एकीकरण गरी जसपा बनाइएको हो ।
त्यसयता संसदीय दलको नेता चयन भएको छैन ।
प्रतिक्रिया दिनुहोस्