२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओलीतिर लाग्नेलाई माओवादीमा नफर्काउने, माधवहरुले एमाले कब्जा गर्ने दाहालको विश्वास


0
Shares

बुटवल, फागुन २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधव नेपालहरुले एमाले कब्जा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शुक्रबार बुटवलमा कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले एमाले दुई धारमा चिरिएको र ओलीले मनलाग्दी गर्न खोजे माधव नेपाल र झलनाथ खनालको समूहले विद्रोह गर्ने सुनाउनुभयो ।

उहाँको दाबी थियो, ‘कि त माधव नेपालले एमाले कब्जा गर्ने अवस्था आउन सक्छ कि भने उहाँहरु ठूलो विद्रोहमा लाग्नुहुनेछ, विद्रोहमा हामीसँगै हुनुहुन्छ ।’

अर्को प्रसंगमा दाहालले ओलीतिर लागेका माओवादी नेताहरुलाई फकाएर पार्टीमा नल्याइने प्रष्ट गर्नुभयो ।

विगतमा बिग्रिएका, भत्किएकालाई फकाउँदा हुन्छ कि भन्नु गल्ती भएको भन्दै उहाँले, ‘यत्रो बदमासी गरेकालाई ल्याएर गृहमन्त्री बनाएँ । बाबुरामजीसँग वैचारिक संघर्ष भयो । जे होस टोपबहादुरजीले साथ दिनुभयो भनेर सब गरेँ भन्दा त यो गति,’ भन्नुभयो ।

आफूले बिगतमा गल्ती गरेको स्वीकार्दै दाहालले दुई जना मान्छे नभएकालाई स्थायी समिति बनाएको त अहिले मन्त्री खान पुगे भन्नुभयो ।

निकै निराश जस्तो भाषामा कतिपयले तपाईंले फकाउने हो भने फकिन्छन् नि भनेर सुनाउने गरेको भन्दै दाहालले भन्नुभयो, ‘भो ती फर्किन परेको छैन, उतै बसे हुन्छ । यहाँ आएर रोए भने म पग्लिन्छु भन्ने डर छ ।’