१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्वोच्चको न्यायाधीशमा चुँडाल र सुवेदी सिफारिश, उच्च अदालतमा १८ जना न्यायाधीश बन्दै


0
Shares

supreme court order to government

काठमाडौं, फागुन २८ । सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुँडाल र नहकुल सुवेदीलाई सिफारिश गरिएको छ ।

न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीश बनाउन सिफारिश गरिएको हो ।

यसैगरी परिषद बैठकले उच्च अदालतमा १८ जनालाई न्यायाधीश सिफारिश गरेको न्याय परिषदले सूचना निकाली जानकारी दिएको छ ।

जसअनुसार, न्याय सेवाका विशिष्ट अधिकृतबाट दुई, जिल्ला न्यायाधीशहरुबाट सात, न्याय सेवाका प्रथम श्रेणीका अधिकृतबाट दुई तथा अधिवक्ताहरुबाट सात जना रहेका छन् ।

हेर्नुस्, सूचीः