१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भारतमा कोठी सञ्चालन गर्ने नुवाकोट गाउँखर्ककी चमेली पक्राउ


0
Shares

काठमाडौं, फागुन २८ । नेपाल प्रहरीले नेपाली महिलालाई भारतमा लगेर वेश्यावृत्तिमा लगाउने कोठी सञ्चालक नेपाली महिला पक्राउ गरेको छ ।

मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई प्रहरीले पक्रेको हो ।

भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गर्ने उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको प्रहरीको दाबी छ ।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नुवाकोट प्रहरीको सहयोगमा विदुर नगरपालिकाबाट पक्रेको हो ।

ब्युरोका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको छ ।