१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


मंसिरमा एमालेको महाधिवेशन गर्ने निर्णय, रामबहादुर थापा बाग्मती प्रदेश इन्चार्ज


0
Shares

काठमाडौं, फागुन २८ । नेकपा (एमाले) को महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग शुक्रबार बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गर्नुभएको छ ।

महाधिवेशन वि.स. २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउनुभएको छ ।

माओवादी केन्द्रबाट आएका रामबहादुर थापालाई प्रदेश ३ को इन्चार्ज तोक्नुभएको छ ।