१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङमा बेपत्ता परिवारलाई परिचय पत्र वितरण सुरु


0
Shares

ताप्लेजुङ, फागुन २८ । ताप्लेजुङमा सशस्त्र द्वन्द्वमा बेपत्ता व्यक्तिका परिवार सदस्यलाई पीडित परिचय पत्र वितरण सुरु गरिएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले शुक्रबारबाट परिचय पत्र वितरण सुरु गरेको हो ।

बेपत्ता व्यक्तिका आफन्त परिवारको यकिन गरि परिचय पत्र वितरणका लागि आयोगका अध्यक्ष युवराज सुवेदी, सचिव कृष्णजीवी घिमिरे सहितको टोली ताप्लेजुङ पुगेका छन् ।

यस जिल्लाबाट बेपत्ता पारिएको भनि आयोगमा २६ वटा उजुरी परेका थिए ।

तीमध्ये ६ वटाको लगत कट्टा भएको र एउटा उजुरी तामेलीमा राखिएको आयोगका सदस्य विश्व प्रकास भण्डारीले जानकारी दिनुभयो ।

बेपत्ता व्यक्तिको खोजीका साथै पीडित परिवारको समस्या समाधानका लागि आयोगका कामलाई प्रभावकारी बनाउन पीडित पक्ष र सरोकारवालाबाट सल्लाह सुझाब लिइएको छ ।