
काठमाडौं, फागुन २८ । विश्व सम्पदामा सुचिकृत पशुपतिमा रहेको पुरातात्विक र ऐतिहासिक महत्वको बौद्ध सम्पदा धम्मचक्र हराएको छ ।
पशुपति क्षेत्र हिन्दु मात्र होईन बौद्ध क्षेत्र पनि हो भन्ने प्रमाणसहितको पुरातात्विक लिच्छवीकालिन सम्पदा कहिले हराएको हो भन्ने यकिन हुन सकेको छैन् ।
स्थानीय व्यापारी ज्ञानती महासेठले करिव १४ दिन अगाडी धम्मचक्र, चैत्य र अन्य सामाग्री केही व्यक्तिले निकालेर पारी फयालेर गएको बताउनुभयो ।
पछि आफुहरुले उक्त फालेको ठाउँबाट धम्मचक्र बाहेक अन्य फेला पारि यथास्थानमा राखेको बताउनुभयो ।
प्रदेश सभासद नरोतम वैद्यले पशुपति क्षेत्र विकास कोषलाई धम्मचक्र हराएको बारे जानकारी गराउँदा पनि उदासिनता देखाएको आरोप लगाउनुभयो ।
हाल पशुपति मन्दिर भित्र र सो क्षेत्रमा यस्ता पुरातात्विक महत्वका बौद्ध सम्पदाहरु छरीएर रहेको अवस्थामा रहेकाछन् ।
प्रतिक्रिया दिनुहोस्