१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


७० वर्षे उमेरहद खारेज गर्दै अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेश सांसदलाई एमालेले दियो निर्देशन


0
Shares

काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको ओलीपक्षीय केन्द्रीय कमिटीको विशेष बैठकले संविधानसँग बाझिएको भन्दै विधान संशोधन गरि ७० वर्षे उमेर हद हटाउने निर्णय गरेको छ ।

७० वर्षे उमेर हदले पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका नेताहरु महाधिवेशनअघिनै बिदा हुनुपर्ने र त्यसले पुनःस्थापित पार्टी अघि बढ्न वैधानिक समस्या हुने भएपछि विधानमा संशोधन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।

ज्ञवालीले बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकीकरणका बेला कायम ४३५ सदस्यलाई पार्टीमा सहभागी हुन आह्वान गरेको पनि उल्लेख गर्नुभएको छ । त्यस्तै बैठकले महाधिवेशनको समयावधि, उमेर हद, कमिटीको संरचना लगायतका कतिपय पश्नमा विधानका व्यवस्थाहरुलाई परिवर्तित सन्दर्भ अनुकूल बनाउन वबधा अड्काउ फुकाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशन दिएको छ ।

बैठकले निर्वाचन आयोगले १५ दिनभित्र एकता गर्नका लागि दिएको समयमा भने अब पार्टी एकीकरणको सम्भावना नरहेको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ ।