१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यी हुन् संसारमा कोरानामुक्त स्थान !


0
Shares

काठमाडौं, चैत १ । संसार कोरोना महामारीको त्राहिमामबाट बाहिर आउन सकेको छैन । कोरोना भाइरस पुष्टि भएको एक वर्षभित्र यसविरुद्धको खोप विकास गरिए पनि अझै पनि यसबाट मृत्यु हुनेको संख्या रोकिएको छैन ।

कोभिड–१९ बाट मृत्यु हुनेको संख्या न्यून बनाउन त अझै पनि कति समय लाग्ने हो टुंगो छैन । संसारका सात अर्ब बढी मानिसलाई कोरानाको खोप पुर्‍याउनै पनि अझै वर्षौ लाग्न सक्छ ।

यस्तोमा संसारलाई नै आफ्नो पञ्जामा पार्न सफल भाइरसबाट आफ्नो देश, क्षेत्र र नागरिकलाई अलग राख्न सक्ने केही देश र टापु (आइल्याण्ड) हरु पनि रहेका छन् ।

त्यसमा देश र टापुहरु १४ को संख्यामा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । १४ मध्ये अधिकांश अर्थात् १२ वटा त प्रशान्त र एटलान्टिक महासागर वरपर रहेका टापु छन् ।

दुई वटा देशमा उत्तर कोरिया र तुर्किमिनिस्तान रहेका छन् । यद्यपि, उत्तर कोरिायाले आफ्नो देशमा कोरोना भाइरसले संक्रमण नै नगरेको दाबी गरे पनि बन्द व्यवस्था भएकाले स्वतन्त्त रुपमा पुष्टि गर्न नसकिने जनाइएको छ ।

आफ्नो देशको सीमा पूरै सागरबाट घेरिनु कोरोना भाइरस छिर्न नदिनका लागि उनीहरुलाई वरदान बनेको पनि जनाइएको छ ।

जसमा अमेरिकन सामोआ, कुक आइल्याण्ड, फेडेरेटेड स्टेट्स अफ माएक्रोनेशिया, किरिबिटी, नाउरु, निऊ, उत्तर कोरिया, पलाउ, पिटकैम आइल्याण्ड, सेन्ट हेलेना, टोन्गा, तुर्कमिनिस्तान, तुभालु रहेका छन् ।

यी मुलुक र टापुले अन्तर्राष्ट्रिय यात्रामा पूर्ण बन्देज लगाउने, धेरै मानिस जमघट हुनै नदिने जस्ता अनेकन उपायहरु भने अवलम्बन गरेको जनाइएको छ ।