१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री ओलीले गरे २१० स्थानीय तहको केन्द्र जोड्ने सडक शुभारम्भ


0
Shares


काठमाडौं, चैत १ । प्रधानमन्त्री केपी ओलीले स्थानीय तहका केन्द्रसँग जोड्ने २१० वटा सडकको शुभारम्भ गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा एकैपटक देशैभरका २१० वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गर्नुभएको हो ।

सरकारले २१० स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माणका लागि चालु आर्थिक वर्षका लागि ५ अर्ब रूपैयाँ बजेट छुट्याएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले, ‘संघ, प्रदेश वा स्थानीय तह अब पक्की र सुरक्षित सडक निर्माण कार्य शुरू भएको छ । अब बन्ने सडक दुर्घटना नहुने गरी निर्माण सुरक्षित सडकको रूपमा बनाउन आवश्यक छ,’ भन्न्ुभयो ।

उहाँले सडक निर्माणमा उल्लेख्य प्रगति गरेको जिकीर गर्दै जे कुरामा पनि विरोध गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माण र मर्मतको प्रस्ताव पेश गर्न भनेकोमा ३९२ स्थानीय तहले सडक निर्माण र मर्मतको प्रस्ताव पेश गरेकामा २१० सडक छनोट गरिएको जनाएको छ ।