
सुनसरी, चैत १ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् ।
बीपी प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयबीच झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भएको सम्झौताको विरोध गर्दे उनीहरु आन्दोलित भएका हुन् ।
गत बुधवार बीपी प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.भोला थापाबीच विएण्डसीलाई सम्बन्धन दिने समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
उक्त समझदारी पत्र गोप्य राखिएको भन्दै प्रतिष्ठानका चिकित्सकहरुले उपकुपति गिरीको कार्यशैलीविरुद्ध आन्दोलन सुरु गरेका हुन् ।
प्रतिष्ठानले आफ्नो ऐन संशोधन गरेर काठमाडौं विश्वविद्यालयमा रहेको सम्बन्धनलाई धरानमा सार्ने सहमतिप्रति चिकित्सक तथा कर्मचारीले आपत्ति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्