
काठमाडौं, चैत १ । सिराहाको लहान मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।
विस्फोटमा मालपोत कार्यालयका कर्मचारी शिवकुमार यादवसहित सात जना सेवाग्राही घाइते भएका छन् ।
घाइते हुनेहरुमा सेवाग्राही धनगढीमाइ १३ का भोलाबहादुर पाछे मगर, धनगढीमाइ ४ दिनेशकुमार भण्डारीको अवस्था चिन्ताजनक रहेको छ ।
घटनास्थलमा भूमिगत तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।
सरकारले आफ्ना मागहरु सम्बोधन नगरेकाले विस्फोट गराएको पर्चामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्