
चितवन, चैत १ । चितवनमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ ।
वि.स. २०७८ सालमा हुने १२ औँ जनगणनाको कामलाई व्यवस्थित ढंगबाट अघि बढाउन कार्यालय स्थापना गरेको तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमुर्ति भण्डारीले बताउनुभयो ।
जिल्लामा रहेका सात वटा स्थानीय तहमा पनि चाँडैनै जनगणना कार्यालय स्थापना गरिने जनाइएको छ ।
भरतपुर महानगरपालिकामा भने ३ वटा जनगणना कार्यालय स्थापना गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्