२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


सरकारको नेतृत्व गर्न तयार छु : देउवा


0
Shares

बारा, चैत १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु पदको लोभी नभएको भन्दै संकटको अबस्थाले बाध्य बनाए सरकारको नेतृत्व गर्न पछि नपर्ने बताउनुभएको छ ।

बाराको पचरौता नगरपालिक, बेल्दारीमा कुस्ती प्रतियोगिताको उद्घाटन गर्ने क्रममा उहाँले देशलाई संकटबाट पार लगाउन कांग्रेसले नै भूमिका खेल्ने गरेको ईतिहास साक्षी छ भन्नुभयो ।

राजनीतिक संकटले मुलुक अप्ठ्यारोमा परेकाले त्यसको निकास दिनका लागि सरकारको नेतृत्ब गर्न आफू तयार रहेको देउवाको भनाइ थियो ।

कुस्ती प्रतियोगिता उद्घाट्न गर्न देउवा निजी हेलिकप्टरबाट बारा पुग्नु भएको हो ।