
काठमाडौं, चैत १ । सोमबारदेखि सुरु हुने देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिताको सह–प्रायोजन गंगादेवी बस्त्रालयले गर्ने भएको छ ।
स्पिन इभेन्ट्स प्रा ली. र गंगादेवी बस्त्रालयबीच आइतबार काठमाडौंमा प्रतियोगिताको लागि सह प्रायोजन गर्ने सम्झौता भएको हो ।
सम्झौतपत्रमा स्पिन इभेन्ट्सका तर्फबाट सुमन शाक्य र गंगादेवीका तर्फबाट प्रकाश बर्तौलाले हस्ताक्षर गर्नुभएको छ ।
सह प्रायोजनकको रुपमा जोडिन लागेको बस्त्रालयले प्रतियोगिताको कुल ३० प्रतिशत बजेट बराबर ५ लाख ५० हजार रुपैयाँ आयोजकलाई प्रदान गर्नेछ ।
मुख्य प्रायोजक भ्याली कन्स्ट्रक्सन प्रा.लि रहेको प्रतियोगितामा नेपालभरका वडाहरुबाट पुरुषमा २६ टिम सहित ४ सय ३३ र महिलामा ८ टिम सहित ९० जना खेलाडीहरुले सहभागीता जनाउने छन् ।
प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रुपैयाँ छ ।
पुरुष र महिला सिंगल्समा प्रथम हुनेले ३० हजार नगद पुरस्कार पाउने छन् ।
चैत ७ गने सम्म आयोजना हुने प्रतियोगिता काठमाण्डौको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्