
काठमाडौं, चैत १ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा निर्णय गरेको भन्दै त्यसको कार्यान्वयन रोक्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।
नेपाल पक्षका ११ जना नेताको हस्ताक्षरसहित आयोगमा बुझाइएको निवेदनमा गत शुक्रबार अध्यक्ष ओलीले केन्द्रीय कमिटिको वैठकबाट गराएका निर्णयहरुको कार्यान्वयन नगर्न माग गरिएको छ ।
पत्रमा पार्टीको विधानको धारा १३ र १३ (क) बमोजिम पार्टी विधानको संशोधन केवल राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनले मात्र गर्न सक्ने जिकीर गरिउको छ ।
केन्द्रीय कमिटी वैठकले अध्यक्ष र महासचिव बाहेक अरु सवै पदाधिकारी खारेज गर्ने र आगामी मंसीरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
यस्तै माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित पनि गरिएको थियो ।
नेपाल समूहले उक्त वैठक नै अवैध भएको भन्दै वैठकका निर्णयहरु कार्यान्वनय नगर्न माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस्