१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


शेयर बजारमा उच्च गिरावट


0
Shares

काठमाडौं, चैत १ । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च गिरावट आयो ।

उतारचढाव बिच बजार परिसुचक नेप्से ५१ अंकले ओरालो लागेर २४ सय ७ बिन्दुमा आई थामियो ।

यसदिन कारोबार भएका अधिकांश समुह ओरालो लागे ।

यसदिन जीवन बिमा समुह सबैभन्दा उच्च ४ सय ५३ अंकले ओरालो लाग्दा निर्जिवन बिमा समुह ३ सय ७४ ओर्लियो ।

यसदिन अन्य, उत्पादनमुलक, व्यापार, लघुवित्त, बैंकिङ समुहमा दोहोरो अंकको गिरावट आउदा होटल तथा पर्यटन र जलविद्युत समुह दोहोरो अंकले उकालो लागे ।

यसदिन १५ कम्पनीकोे शेयर मुल्य बढ्दा १ सय ५१ कम्पनीको शेयर मुल्य ओरालो लाग्यो ।

यस दिन २ सय ११ कम्पनीको ९९ लाख ३ हजार कित्ता शेयर ४ अर्ब ९५ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।