
काठमाडौं, चैत २ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अनुचित व्यापारीक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बजारमा खाद्य पद्धार्थको मिसावट र स्वास्थ्यमा हानी पुर्याउने वस्तुको बिक्री–वितरणलाई नियन्त्रण गर्नका लागि अनुचित व्यापारीक क्रियाकलापकाविरुद्ध उजुरी गर्न आग्रह गर्नुभयो ।
उपमेयर खड्गीले आफ्नो व्यवसायले कानूनी प्रक्रिया पुरा गरे÷नगरेकोमा समेत सचेत हुन ध्यानाकर्षण गराउनुभयो ।
गुणस्तरीय सामान उत्पादनमा उत्पादकको मात्रै भूमिका नहुने भन्दै उहाँले ढुवानी, भण्डारण, बिक्री–वितरणमा जोडिएका सबै पक्ष र उपभोक्ताहरु पनि सचेत तथा जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्