७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


‘सत्तारुढ दल संसदलाई अगाडि बढाउने मानसिकतामा छैन्’


0
Shares

काठमाडौं, चैत २ । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल संसदलाई अगाडि बढाउने मानसिकतामा नरहेको बताउनुभएको छ ।

सोमबार संसदको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै उहाँले सत्ता पक्ष संसदलाई गतिशिल र प्रभावकारी ढंगले अगाडी बढाउने पक्षमा नरहेको बताउनुएको हो ।

मंगलबार संसदको बैठक बस्ने भएपनि सरकारले हालसम्म कुनैपनि बिजनेश नदिएको उहाँको भनाइ छ ।

सरकारले जारी गरेका अध्यादेश सदन चलेका बेलामा विधेयककै रुपमा अगाडी बढाउनुपर्ने भएपनि ती अध्यादेशलाई अगाडी बढाउने सम्बन्धमा पनि सरकार गम्भिर नभएको उहाँको भनाइ छ ।

मुख्य सचेतक खाँडले संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलले शुभकामना मन्तव्य राख्न पनि सरकारले अभिरुचि नदेखाएको बताउनुभयो ।

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको छ ।

बैठकको कार्यसूची हालसम्म तय भइसकेका छैनन् ।