
काठमाडौं, फागुन ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक नेताहरुले धमाधम बहिष्कार गर्ने घोषणा गर्न थालेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नजाने घोषणा गर्नुभएको छ ।
त्यसअघि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि बैठकमा नजाने घोषणा गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले मंगलबार अपराह्न ४ बजे पूर्वप्रधानमन्त्रीहरूसहित संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो ।
नेपाल–खनाल बुधबार हुने कार्यकर्ता भेलामा व्यस्त रहनुपरेकाले जान नसकिएको नेपाल पक्षीय नेता विष्णु रिजालले जानकारी दिनुभयो ।
भट्टराई स्वास्थ्यमा समस्या देखिएकाले जान नसक्ने हुनुभएको उहाँको स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्