
काठमाडौं, चैत ३ । उत्तरी छिमेकी चीनले आफ्नै देशमा निर्मित कोरोनाको खोप लगाएका नेपालीहरुलाई मात्रै चीन भ्रमणको भिसा दिने बताएको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै चीनमा निर्मित कोभिड–१९ खोप पूर्ण रुपमा लगाएका नेपालीहरुलाई मात्रै भिसा आवेदनमा सघाउने बताएको हो ।
‘चीन र विदेशी राष्ट्रहरुबीच सही ढंगले कर्मचारीहरुको आदानप्रदालाई सुचारु बनाउन नेपालस्थित चिनियाँ दूतावासले ती भिसा आवेदकहरुलाई सहजिकरण गर्नेछ, जसले चीनमा निर्मित कोभिड–१९ का भ्याक्सिन लिएको प्रमाणपत्रसहित निवेदन दिनेछन् ।’
विज्ञप्तिमा भनिएको छ । त्यस्तै चीन जान चाहने यात्रुले कोभिड नेगेटिभ सर्टिफिकेट अनिवार्य पेश गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
चीनमा पुगेपछि क्वारेन्टाइनमा पनि बस्नुपर्ने छ ।
भारत सरकारले दुई महिना अघि नै नेपाललाई १० लाख डोज कोरोनाको खोप उपलब्ध गराएर नेपालले खोप अभियान गाउँ गाउँ पुर्याउन सफल भएको छ ।
उता चीनले भने नेपाललाई अनुदानमा दिने भनिएको खोप अहिलेसम्म नेपाल आईपुगेको छैन ।
चिनियाँ कम्पनी सिनोफार्मले बनाएाको नेपाललाई दिने भनिए पनि ढुवानी नेपाल आफैले गर्नुपर्ने शर्त राखिएपछि खोप ल्याउने प्रक्रिया अलपत्र परेको छ ।
प्रतिक्रिया दिनुहोस्