
बारा, चैत ३ । बारामा सम्पन्न खुमबहादुर खड्का कुस्ती प्रतियागीताको उपाधि देवा थापाले जितेका छन् ।
नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा गरिएको प्रतियोगितामा २२५ जनालाई पछि पार्दै थापाले उपाधि जितेका हुन् ।
उनले पुरस्कारमा १७ किलो चाँदीको गदा प्राप्त गरेका छन् ।
३ दिन चलेको प्रतियोगीतामा भारत र नेपालका खेलाडीको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्