२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


दशरथचन्दमा मेयर कप महिला क्रिकेट सुरु


0
Shares

बैतडी, चैत ३ । बैतडीको दशरथचन्द नगरपालिकामा मंगलबारदेखि चौथो संस्करणको मेयर कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र उप-प्रमुख मीना चन्दले मंगलबार संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बैतडी जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष तथा जिल्ला समन्वय समितिका सदस्य रमेश बोहरालगायतको उपस्थिती रहेको थियो ।

उद्घाटन खेलमा दशरथचन्द नगरपालिका वडा नंबर ६ थालिगडा विजयी भएको छ ।

थालिगडाले साविक विजेता वडा नंबर २ देहिमाडौंलाई २१ रनले पाखा लगायोे ।

थालिगडाले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको देहिमाडौंले १ सय २२ रन मात्रै बनाउन सक्यो ।

जसमा वविता बोहराले सर्वाधिक २३ रनको योगदान दिइन् ।

थालिगडाका पुजा कार्की र दमयन्ती ओडले समान २/२ विकेट हात पारे ।

टस जितेर पहिला ब्याटिंग गरेको थालिगडाले २० ओभरमा ८ विकेटको क्षतीमा १ सय ४२ रन बनाएको थियो । जसमा ललिता चन्दले १९, दमयन्ती ओडले १८ र पुजा कार्कीले १३ रन बनाएका थिए ।

देहिमाडौंका बविता बोहराले सर्वाधिक ३ विकेट लिईन् ।

खेलमा देहिमाडौंका बलरले ३७ रन अतिरिक्त खर्चिएका थिए । थालिगडाकी पुजा कार्की ओम्यान आफ द म्याच भएकी स्कोरर खेमराज भट्टले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।