२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु


0
Shares

बर्दिया, चैत ३ । बर्दियामा बाघको आक्रमणबाट मंगलबार फेरि अर्को एक जनाको मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिका– ७ की ५५ वर्षीया डल्ली रावतको मृत्यु भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएका बेला उनलाई बाघले लगेको र खोजी गर्दा निकुञ्जको बघौरा फाँटमा शव भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाका अनुसार डल्लीको शरीरको अगाडिको भाग बाघले खाएको अवस्थामा शव भेटिएको छ ।

उनीसँगै गएका दुइ महिला भने भागेर बच्न सफल भएका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा मात्रै यही वर्षभित्र बाघको आक्रमणबाट ९ जनाको ज्यान गएको छ ।