
काठमाडौं, चैत ३ । पछिल्ला दिन ओरालो लाग्दै आएको शेयर बजार मंगलबार सम्हालिएको छ ।
यस दिन उतारचढावबीच बजार परिसूचक नेप्से सामान्य अंकले हरियो रहेर २३ सय ९१ कायम भएर थामियो ।
कारोबार भने थप खुम्चियो । यसदिन ७ वटा समुह हरियो रहँदा ६ वटा समुह रातो रहे । यस दिन जिबन बिमा समुह सबैभन्दा उच्च २ सय ३० अंकले उकालो लाग्दा होटल तथा पर्यटन समूह ८६ अंकले सुधारियो ।
यस्तै लघुवित्त, उत्पादनमूलक समूह पनि दोहोरो अंकले बढ्दा बंैक, वित्त र लगानी समुह सामान्य अंकले सकारात्मक रहे ।
यस्तै यस दिन व्यापार समुहमा सबैभन्दा उच् ७२ अंकको गिरावट आउदा निर्जिबन बिमा समूह पनि ६२ अंकले ओरालो लाग्यो ।
जलविद्युत समूह ३३ अंक र अन्य समुहमा २० अंकको गिरावट आउँदा विकास बंैक र सामुहिक लगानी कोषमा सामान्य अंकले रातो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय १६ कम्पनीको ९० लाख बढी कित्ता शेयर जम्मा ३ अर्ब ३७ करोड बराबरमा कारोवार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्