
एजेन्सी, चैत ४ । अमेरिकामा ६ एशियाली महिलासहित आठ जनाको गोली हानी हत्या गरिएको छ ।
अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा तीन मसाज र स्पामा गराइएको गोलीकाण्डमा ८ जना मारिएका हुन् ।
घटनामा परी अरु केही व्यक्ति घाइते पनि भएका छन् । २१ वर्षीय रोबर्ट एरन लङकले अन्धाधुन्ध गोली प्रहार गरेको प्रहरीले जनाएको छ । हाल उनी प्रहरी नियन्त्रणमा छन् ।

मारिनेमा अधिकांश एशियाली मुलुकका नागरिक छन् । शुरुमा दुई एशियाली महिलामाथि गोली प्रहार गरेका ती ब्यक्तिले त्यसको एक घण्टापछि थप चार एशियाली महिलामाथि गोली प्रहार गरी हत्या गरेको बताइएको छ ।
दुई जनाको भने उपचारको क्रममा मृत्यु भएको हो । न्यूयोर्क डेली न्युजका अनुसार २ जना एट्लान्टा नजिकैको गोल्ड स्पामा मारिएका थिए भने चार जना एरोमाथेरापीमा मारिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्