२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेकपा एमाले नेपाल समूहको राष्ट्रिय भेला शुरु, पुराना कम्युनिष्ट नेताहरु पनि उपस्थित


0
Shares

ललितपुर, चैत ४ । नेकपा एमाले माधव नेपाल पक्षीय नेता कार्यकर्ताको भेला उपत्यकामा शुरु भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला बुधबार र बिहीबारसम्म चल्नेछ । भेलामा पुराना कम्युनिष्ट नेताहरु पनि उपस्थित भएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि ब्युतिएको एमालेको आफूपक्षीय केन्द्रीय सदस्यहरु उपस्थित बैठकबाट फागुन २८ गते माधव नेपाल–झलनाथ खनाल पक्षीय नेता कार्यकर्तालाई जिम्मेवारीमुक्त गरेपछि नेपाल पक्ष कार्यकर्ताबीचमा पुगेको हो ।

एमाले अध्यक्ष केपी ओलीले नेपाल पक्षको भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिए पनि भेलामा देशभरबाट ठूलो संख्यामा नेता कार्यकर्ताको सहभागिता बनेका छन् ।

पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालको अध्यक्षतामा शुरु भएको भेलाका सहभागीहरुले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कार्यशैलीको तीब्र आलोचना गरेका छन् ।

भेलामा पुराना नेताहरु सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, कमल कोइराला, गोविन्द ज्ञवाली लगायत भेलामा सहभागि हुनुभएको हो ।