
काठमाडौं, चैत ४ । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार बसेको एमालेको संसदीय दलको बैठकले माओवादीबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।
बैठकले एमालेबाट सरकारमा सहभागी तीनै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय समेत गरेको छ ।
बैठकमा १९ जना सांसद मध्ये १० जना मात्र सहभागी थिए ।
अनुपस्थित ९ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ ।
अनुपस्थित सांसदहरु माधव नेपाल पक्षका रहेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्