१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक : लक्ष्मणलाल कर्ण


0
Shares

काठमाडौं, चैत ४ । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफुहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भएको बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा संचारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

संविधान संसोधन, नागरिकतालगायत जसपाले उठाउदै आएका मुद्दाहरुलाई सवैधानिक र कानूनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक भएको बताउनुभयो ।

राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफुहरुका मागमा प्रधानमन्त्री ओली सकारात्मक भएको बताउनुभएको हो ।