
काठमाडौं, चैत ४ । शेयर बजारमा एक पछि अर्को सिमेन्ट उद्योगले सर्वसाधारणका लागि शेयर जारी गर्ने क्रम बढेको छ ।
यस क्रममा नेपाली बजारमा छुट्टै पहिचान बनाएको सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता प्राथमिक शेयर निश्कासनको तयारी गरेको छ ।
बुधबार एक कार्यक्रम गरी आइपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको हो ।
यस्तै एनआइविएल एस क्यापिटल र प्रभु क्यापिटललाई सह बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
पहिलो पटक बुक विल्डिङ प्रणालीबाट आइपीओ जारी गर्न लागेको यस कम्पनीले संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीय जिल्लाबासीका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारी तथा सर्वसाधारणलाई २८ लाख कित्ता गरि ६० लाख कित्ता शेयर जारी गर्ने तयारी गरको हो ।
कम्पनीले प्रतिकित्ता शेयरको मूल्य ७ सय ५० रुपैयाँ तोकेको छ ।
तर बुक विल्डिङमा सहभागी हुने संस्थागत लगानीकर्ताहरुले बोलकबोलबाट मूल्य गरेपछि मात्रै मूल्य निर्धारण हुने छ ।
संस्थागत लगानीकर्तालाई भन्दा सर्वसाधारणका लागि भने एक सय रुपैयाँ सस्तोमा शेयर जारी गर्नुपर्ने छ ।
कम्पनीले आफ्नो चुक्ता पुजीको १५ प्रतिशत बराबरको शेयर जारी गर्न लागेको हो ।
सर्वोत्तम सिमेन्टले अहिले ६ सय बढी डिलर मार्फत विक्रि वितरण गर्दै आएको जनाएको छ भने ५ सय बढीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्