२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल–खनाल पक्ष नजाने


0
Shares

काठमाडौं, चेत ४ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनुभएको छ ।

एमाले नेता विशाल भट्टराईका अनुसार बैठक बिहीबार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

भट्टराईले सूर्य चिह्नबाट निर्वाचित सबै सांसदलाई बैठकमा बोलाइएको जानकारी दिनुभयो ।

माधव नेपाल–झलनाथ खनाल पक्षले ललितपुरमा दुई दिने कार्यकर्ता भेला गरिरहेकै बेला ओलीले बैठक बलाउनुभएको हो ।

नेपाल पक्ष भने ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने भएका छन् ।