९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


शेयर बजारमा वृद्धि


0
Shares

काठमाडौं, चैत ४ । केही सातादेखि ओरालो लाग्दै आएको शेयर बजारमा बुधबार हरियाली छाएपछि लगानीकर्ता उत्साहित भएका छन् ।

मंगलवार झिनो अंकले सुधारिएको बजारमा बुधवार भने ४० अंकको बृद्धि भएको छ ।

योसँगै परिसुचक पनि २४ सय ३२ पुगेको छ ।

क बर्गका कम्पनीका कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ८ अंकले सुधारिएको छ । बुधवार करोवार रकम भने न्युन नै रह्यो ।

यसदिन सबै उपसुचक हरियो रहदा जिबन बिमा सबैभन्दा बढी ३ सय ७२ अंकले उकालो लाग्यो यसैगरी निर्जिबन बिमा २ सय २४, लघुवित्त समुह १ सय १४, होटल तथा पर्यटन १ सय १२ अंकले बढेका छन् ।

उत्पादन समुह ९८, अन्य ४७, व्यापार ४२, जलविद्युत ३१, विकास बैक २७ र बैक समुह १९ अंकले उकालो लागेका छन् भने सामुहिक लगानी कोष र लगानी समुहमा भने सामान्य अंकको सुधार आएको नेप्सेले जनाएको छ ।

बुधवार १ सय ५५ कम्पनीको शेयर मुल्य बढ्दा १५ कम्पनीको मुल्यमा गिरावट आएको छ भने ८ कम्पनीको मुल्य स्थीर रहेको नेप्सेले जनाएको छ ।

बुधवार २ सय १२ कम्पनीको ८६ लाख बढी कित्ता शेयर ३ अर्ब ३७ करोड बढीमा कारोवार भएको नेप्सेले जनाएको छ ।