
तस्विर फाइल
बारा, चैत ४ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारको उद्योगी व्यावसायीप्रतिको दृष्टिकोण पूर्वाग्रही रहेको आरोप लगाउनुभएको छ ।
तराई यातायात व्याव्सायी संघ सिमराको १५ औ साधारण सभामा बोल्दै उहाँले कर्मचारीको बदमासीका कारण यातायात क्षेत्रमा सधैं समस्या भईरहेको गुनासो पनि गर्नुभयो ।
कार्यक्रममा तराई यातायात व्यावसायी संघका अध्यक्ष शंकर कुमार बिष्टले राज्यले यातायात व्यावसायीसँग ८ प्रकारका कर लिने गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्