२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजे


0
Shares

काठमाडौं, चैत ४ । नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।

ओली पक्षका सांसद एवं मुख्य सचेतक नेता विशाल भट्टराईका अनुसार बैठक बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

भट्टराईले सूर्य चिह्नबाट निर्वाचित सबै सांसदलाई बैठकमा बोलाइएको जानकारी दिनुभयो ।

एमालेको नेपाल–खनाल पक्षले ललितपुरमा दुई दिने कार्यकर्ता भेला गरिरहेकै बेला ओलीले संसदीय दलको बैठक बोलाउनुभएको हो ।

नेपाल खनाल नेपाल पक्षका सांसदहरु भने ओलीले बोलाएको दलको बैठकमा जाने सम्भावना कम रहेको बताएका छन् ।