
काठमाडौं, चैत ४ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन स्थगित भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनपछि फेरि खोप अभियानले निरन्तरता पाउने जनाएको छ ।
माघ १४ गतेदेखि खोप लगाउन शुरु भएकामा फ्रन्टलाइनरदेखि ६५ वर्ष उमेरमाथिको समूहले खोप लगाइसकेको छ ।
बुधबारदेखि ५५ वर्षमाथिकालाई खोप लगाउने बताइएका बेलामा खोप अभावका कारण हाललाई स्थगित गरिएको हो ।
दोस्रो डोजको खोपको समेत टुङ्गो भएको छैन ।
यता नेपालमा थप ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ सय ८१ जनाको परीक्षणमा ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ ।
बुधबार ५५ जनामात्र संक्रमणमुक्त भएका छन् ।
योसँग हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ५५० पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९ सय ५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्