२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


उपमेयर कप क्रिकेट सेमिफाइनलमा प्रवेश


0
Shares

बैतडी, चैत ४ । दिव्या कार्कीको उत्कृष्ट अलराउण्डर प्रदर्शनले दशरथचन्द नगरपालिका–६ थालिगडा, बैतडीमा जारी चौथो संस्करणको उपमेयर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगातार दोस्रो जित निकाल्ने क्रममा थालिगडाले दशरथचन्द नगरपालिका नागार्जुनलाई १ सय १८ रनको फराकिलो रन अन्तरले हराएर अन्तिम चारमा स्थानमा सुरक्षित गरेको हो ।

थालिगडाले दिएको २ सय ३५ रनको बिशाल लक्ष्य पन्छाएको नागार्जुनले १ सय १६ रन मात्रै बनाउन सक्यो ।

जसमा निर्मला भण्डारीले ३२ रनको योगदान गरेपनि हार टार्न सकेन । थालिगडाका लागि दमयन्ती ओडले ४ तथा दिव्या कार्कीले १ विकेट हात पारे ।

यस अघि दशरथचन्द खेलमैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको थालिगडाले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा २ सय ३४ रन बनायो ।

थालिगडाका लागि दिव्या कार्की र सुनिता लुहार दुवैले अर्धसतक बनाए । दिव्या ७३ र सुनिता ५६ रनमा अविजित रहिन् । नागार्जुनका निर्मला भण्डारीले १ विकेट हात पारिन् ।

खेलमा अलराउण्डर प्रदर्शन गरेकी थालिगडाकी दिव्या कार्की ओम्यान अफ द म्याच घोषित भइन ।

यस्तै आजै भएको अर्को खेलमा दशरथचन्द नगरपालिका–५ लाई दशरथचन्द नगरपालिका–४ खलंगाले ९ विकेटले हराएको छ ।

दशरथचन्दले दिएको ५८ रनको सामान्य लक्ष्य खलंगाले ९ दशमलव ३ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो ।

खलंगाका लागि ममता लेखक ३५ तथा रितु कनौजिया २१ रन नटआउट रहे ।