
काठमाडौं, चैत ५ । नेकपा एमाले संसदीय दलको बैठकले गुटगत भेलामा सहभागि हुनेलाई कार्वाही गर्ने चेतावनी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्ष केपी ओली पक्षीय संसदीय दलको बैठकले गुट भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको हो ।
पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिँदै दलको बैठकले गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन पनि आह्वान गरेको छ ।
दलको बैठकको निर्णय नमान्नेहरुलाई कार्बाही गर्न प्रक्रिया थाल्ने निर्णइ पनि बैठकले गरेको छ । यद्यपि, बिहीवारको बैठक बहिष्कार गरेका माधव नेपाल–झलनाथ खनालसमेतलाई राखेर संसदीय बोर्ड गठन गर्ने निर्णय पनि गरिएको छ ।
सर्वोच्च अदालतले नेकप ाएमाले ब्युँताइदिएपछि पनि उक्त पार्टीमा अध्यक्ष केपी ओली र नेताहरु नेपाल–खनाल पक्षबीच तीब्र ध्रुवीकरण देखिएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री ओली नेपाल पक्षीय नेताहरुमाथि कार्वाही थाल्नु भएको छ भने त्यसको विरोधमा नेपाल–खनाल पक्षले समानान्तर गतिविधि थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्