२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


उर्जा मन्त्रालयले गर्‍यो माथिल्लो सोलु हाईड्रोपावरको स्थलगत अध्ययन


0
Shares

काठमाडौं, चैत ५ । उर्जा मन्त्रालयको टोलीले माथिल्लो सोलु हाईड्रोपावरको स्थलगत अध्ययन गरेको छ ।

२०७५ सालमा २३ दशमलब ५ मेगावाट क्षमताको माथिल्लो सोलु हाईड्रोपावर विरुद्ध माथिल्लो साल्मेबासीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

स्थानीयले हाईड्रोपावरका कारण असुरक्षित भएको भन्दै सर्वोच्वमा मुद्धा दर्ता गरेपछि उर्जा मन्त्रालयका सहसचिव रामगोपाल खर्बुजाको नेतृत्वमा सात सदस्सीय अध्ययन टोली सोलुखुम्बु पुगेको थियो ।

टोलीले दुई दिन स्थलगत अध्ययन गरेको हाईड्रोपावरले जनाएको छ ।

आयोजनाको पावर हाउस लगायतको स्थलगत अध्ययनपछि टोली काठमाडौं फर्किएको कम्पनीका प्रशासन प्रमुख बद्रीमान श्रेष्ठले बताउनुभयो ।

प्रभावित स्थानीयले सर्वोच्चमा रिट दायर गरेपछि सर्वोच्च अदालतले बिज्ञ सहितको टोली अध्ययनका लागि सोलुखुम्बु पठाएको हो ।

२३. ५ मेगावाटको सोलु हाइड्रोपावरले सोलुखोलाबाट २०७६ माघ २० देखि व्यवसायिक उत्पादन शुरु गरेको छ ।