
काठमाडौं, चैत ५ । नेपाल र इजरायलबीचको सम्बन्धको ६० वर्ष पुरा भएको छ ।
इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
यसै अवसरमा नेपालस्थित इजरायली राजदुतावासले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले इजरायलले कृषि प्रविधिमा हासिल गरेको उपलब्धी नेपालको लागि युगान्तकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आगामी आर्थिक वर्षबाट नेपाल सरकार र इजरायल सरकारको संयुक्त कार्यक्रम सेन्टर फर एक्सलन्स शुरु हुने पनि बताउनुभयो ।
इजरायलले नेपालको कृषिको आधुनिकीकरणमा तालिम र प्रविधिमा सहयोग गर्दै आएको छ ।
नेपाल सरकार र इजरायल सरकारको संयुक्त कार्यक्रम सेन्टर फर एक्सलन्स आगामी आर्थिक वर्षबाट सुरुहुन लागेको छ ।
नेपालका लागि इजरायलका राजदुत हनान गोडेरले नेपाल र इजरायलबीचको सम्बन्ध अरुभन्दा पृथक रहेको बताउनुभयो ।
नेपाल र इजरायलबीचको सम्बन्धलाई अझ सुधार गर्नुपर्ने आवश्यकता रहेको पनि उहाँको भनाइ छ ।
दुई देशबिचमा साझा चुनौती रहेको भन्दै उहाँले नेपाललाई जहिले पनि सहयोग गर्न तयार रहेको बताउनुभयो ।
१९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएलगत्तै मार्च १९६१ मा इजरायलले नेपालमा आफ्नो दूतावास स्थापना गरेको थियो ।
१९६० मा नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले इजरायल भ्रमण गर्नुभएको थियो ।
इजरायल सरकारले नेपाली युवालाई कृषि, स्वास्थ्यजस्ता अत्याधुनिक प्रविधिहरूमा विश्वविद्यालय तहका उच्च शिक्षालगायत अल्पकालीन व्यावसायिक तालिम दिइरहेको छ ।
यसै वर्ष देखि केयर गिभरको रुपमा कामदार लैजाने भएको छ ।
प्रतिक्रिया दिनुहोस्