१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरा विमानस्थलमा आपतकालिन उद्दार अभ्यास, त्रासमा सर्वसाधारण


0
Shares

पोखरा, चैत ५ । पोखरा विमानस्थलमा बिहीबार बिमान दुर्घटनाको उद्धारको अभ्यास गरिएको छ ।

गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले विपद्मा उद्घारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले यो अभ्यास गरिएको हो ।

पोखरा विमानस्थलमा विमानको नमूना दुर्घटना गराएर आगो निभाउनेलगायतका उद्धार कार्य गरिएको थियो ।

घाइतेहरुलाई अस्पताल पुर्याउन एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको थियो भने आपतकालिन उद्घारको अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसकर्मीहरु खटिएका थिए ।

करीब १ घण्टा चलेको अभ्यासको यथार्थ नपाएका कारण पोखराका सर्वसाधारण भने के भयो भनेर अत्तालिएका थिए ।