
काठमाडौं, चैत ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरत कुमार पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ ।
वडाको काम गरेका ठेकेदारको भुक्तानी रोकेर सचिव पोखरेलले घूस मागेको सूचना पाएपछि पिछा गरेको अख्तियारले उनलाई पक्राउ गरेको हो ।
अख्तियार टोलीले पोखरेललाई चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
उनले घुस लिएको रकम आफ्नो दराजमा नराखेर इञ्जिनियरको दराजमा राखेका थिए ।
सचिव पोखरेलले लिएको रकमको प्रत्येक नोटको अख्तियारले पहिले नै फोटोकपी गरेको थियो ।
अख्तियार टोलीको अनुसन्धानबाट वडा कार्यालयका पदाधिकारी समेत घुस लेनदेनमा संलग्न रहेको देखिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्