२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


विराट गोल्डकप चैत २६ गतेबाट सुरु


0
Shares

विराटनगर, चैत ५ । विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण चैत २६ गतेबाट आयोजना हुने भएको छ ।

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी आयोजक गोल्डकप ट्रस्टले २६ चैतबाट विराट गोल्डकप फुटबल प्रतियोगिता हुने जानकारी गराएको हो ।

आयोजक समिति संयोजक मनोजविक्रम शाहका अनुसार रात्रिकालीन आयोजना हुने उक्त प्रतियोगिता ४ वैशाखमा समापन हुने छ ।

प्रतियोगितामा नेपाल, भारत र क्यामरूनका दस टोली सहभागी हुने छन् ।
क्यामरूनको अफ्रिकन रुट्स एसोसियसन टिम र झारखण्डको टाटा एकेडेमीले पहिलोपटक विराट गोल्डकप खेल्ने छन् ।

यस्तै भारतको पुलिस पञ्जाव, नेपालबाट ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब, विभागीय टोलीद्वय नेपाल पुलिस क्लब, सशस्त्रको एपिएफ क्लब पनि सहभागी हुने छन् ।