
काठमाडौं, चैत ५ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी किनबेच अक्सन शुक्रबार हुँदैछ ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले अक्सनमा १५८ जना खेलाडीलाई समावेश गरिएको जनाएको छ ।
बैशाख ११ देखि २५ गतेसम्म दशरथ रङ्गशालामा हुने लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
यसैबीच राष्ट्रिय फुटबल टिमका गोलकिपर विकेश कुथुलाई काठमाडौं रेजर्स फुटबल क्लबले मार्की खेलाडी बनाएको छ ।
त्यस्तै बालगोपाल महर्जन मुख्य प्रशिक्षक बनेका छन् । काठमाडौंका कार्यकारी निर्देशक विज्ञानराज शर्मा र विकेश तथा बालगोपालसँग सम्झौता पत्रमामा बिहीबार हस्ताक्षर भएको हो ।
त्यस्तै राष्ट्रिय फुटबल टिमका डिफेन्डर रञ्जित धिमाल मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम विराटनगर सिटी फुटबल क्लबमा अनुबन्धित भएका छन् ।
त्यस्तै अर्को फ्रेन्चाइज टिम धनगढी एफसीले मुख्य प्रशिक्षकमा नाइजेरियाली प्रशिक्षक तोपे अयोडेजी फुजालाई अनुबन्धित गरेको छ ।
फुजाकै नेतृत्वमा मनाङ मस्याङ्दी क्लबले २०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्