१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चैतको तेस्रो साताभित्र भाडा नबढाए गाडी नचलाउने यातायात व्यवसायीको चेतावनी


0
Shares

काठमाडौं, चैत ५ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन माग गरेको छ ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापन पत्र बुझाउँदै महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको हो ।

प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ ।

२० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

महासंघले मुल्यवृद्धिको आधारमा चैत्रको तेस्रो साताभित्र भाडा समायोजन गर्नको लागि पनि ज्ञापन पत्र बुझाएको छ ।

चैत्रको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै मन्त्री नेम्बाङले ज्ञापन पत्रको सम्बन्धमा यातायात व्यवस्था विभाग सँग आवश्यक छलफल गर्ने प्रतिक्रिया दिनुभयो ।