१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लकी ग्रुपको नयाँ लोगो एवं ट्यागलाइन सार्वजनिक


0
Shares

काठमाडौं, चैत ५ । नेपालको अग्रणी दावी गरिएको व्यापारीक समूह लकी ग्रुपले नयाँ लोगो एवं ट्यागलाइन सार्वजनिक गरेको छ ।

समूहले नेपालको आफ्ना दूरदर्शी संस्थापक इमिरेट्स स्वर्गीय रमेश गुप्ताको सम्मान गर्न नयाँ सुरुवातको प्रारम्भ गरेको जनाएको छ ।

बिहीबार एक कार्यक्रम गरि नयाँ लोगो एवं ट्यागलाइन सार्वजनिक गरेको हो ।

विभिन्न १० समूह भित्र स्थापित रमेश कर्पोरेशन स्वर्गीय गुप्ताले देख्नु भएको उज्ज्वल भविष्य एवं दृष्टिलाई प्रतिविम्बित गर्न नयाँ ब्राण्ड, पहिचान एवं नवीन ट्याग लाईनको साथ अगाडी बढ्न प्रारम्भ गरेको जनाएको हो ।

रमेश कर्पोरेशनको नयाँ ट्यागलाइन “फर्वाड टुगेदर” ले सम्पूर्ण ग्राहक, कर्मचारी, लगानीकर्ता तथा इकोसिस्टम पार्टनरहरुको लागि सामुहिक प्रतिवद्धता र दर्शनलाई प्रतिनिधित्व गर्ने उपाध्यक्ष सुशील गुप्ताले बताउनुभयो ।

ब्राण्डको नयाँ लोगोले एकजुटको भावना तथा सामूहिक रुपमा कार्य गरेमा अगाडि बढ्न सकिने शक्ति प्राप्त हुन्छ भन्ने कुरालाई मूत्र्त रुप दिएको कर्पोरेशनका उपाध्यक्ष श्री रोहित गुप्ताले बताउनु भयो ।

दीर्घकालीन मूल्यको सिर्जना गर्न आफुहरु सबै साझेदारहरुको साथ अगाडि बढिरहेका कर्पले जनाएको छ ।

पाँच दशक अगाडि हार्डवेर व्यवसायबाट शुरु भएको रमेश कर्पोरेशन हाल उत्पादन, वित्तीय सेवा, रियलस्टेट, कन्जुमर ड्युरेवल्स, हाइड्रो पावर, माइनिङ्ग जस्ता कम्पनीहरुमा सम्बद्ध रहँदै आएको छ ।