१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माघसम्म सरकारको कुल खर्च गत वर्षभन्दा २.६ प्रतिशतले वृद्धि


0
Shares

काठमाडौं, चैत ५ । आर्थिक वर्ष २०७७/७८ को माघ सम्म संघीय सरकारको कुल खर्च गत वर्षको तुलनामा २ दशमलव ६ प्रतिशतले बृद्धि भई ४ खर्ब ९९ अर्ब ६८ करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

गत वर्षको सोहि अवधिमा सो खर्च ४ खर्ब ८७ अर्ब ९ करोड थियो ।

कुल खर्च मध्ये चालु खर्च ४ खर्ब ६ अर्ब ७३ करोड रहेको छ । गत वर्षको तुलनामा यो ११ दशमलव २ प्रतिशतले बढी हो ।

चालु वर्षमा पुजीगत खर्च भने ६२ अर्ब ८४ करोडमा झरेको छ ।

गत वर्षको तुलनामा यो वर्ष १८ दशमलव ७ प्रतिशतले कम हो ।

वित्तिय व्यवस्थापन तर्फ खर्चमा पनि गत वर्षको तुलनामा ३१ दशमलव ७ प्रतिशतले कमी आई ३० अर्ब ११ करोडमा सिमित भएको छ ।

कोभिडका कारण आर्थिक गतिविधि लामो समयसम्म संचालनमा आउन नसकेपनि चालु खर्चको ग्राफ भने यो वर्ष बढेकै छ ।

यद्यपि पँुजिगत खर्चको अवस्था भने जम्मा २४ प्रतिशतको हाराहारीमा मात्र भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यसैबीच चालु आर्थिक वर्षको सात महिनाको अवधिमा कुल राजस्व संकलन १ दशमलव २५ प्रतिशतले बृद्धि भई ४ खर्ब ९८ अर्ब ५२ करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ४ खर्ब ९२ अर्ब ३८ करोड थियो ।

चालु आर्थिक वर्षको ७ महिनामा बैदेशिक सहायता गत वर्षको तुलनामा ७१ दशमलव ७ प्रतिशतले बृद्धि भई १ खर्ब ८७ अर्ब ४४ करोड पुगेको छ ।

उक्त प्रतिवद्धता मध्ये अनुदान सहायता ९ दशमलव ७ र ऋण सहायता ९० दशमलव ३ प्रतिशत हो ।