
काठमाडौं, चैत ५ । बिहीबार पनि सुनचाँदीको भाउमा सामान्य बृद्धि जारी रह्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले उकालो लागेर ८७ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि तीनै सयले बढेर ८६ हजार ९ सयमा कारोबार भएको थियो ।
यस दिन चाँदीको भाउ पनि २० रुपैयाँले बढेर १२ सय ९० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रति औंन्स १७ सय ३४ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्