
पोखरा, चैत ६ । गण्डकी प्रदेश लोकसेवा आयोग अध्यक्षमा विष्णुप्रसाद नेपाल मनोनित हुनुभएको छ ।
गण्डकी प्रदेश प्रमुख सचिवबाट गत २ चैतमा मात्र उमेर हदबन्दीका कारण अवकाश पाएका नेपाललाई प्रदेश सरकारले नियुक्ति दिएको हो ।
यस्तै सदस्यमा तनहुँकी कल्पना लम्साललाई सिफारिस गरिएको छ ।
अर्को एक सदस्यको नाम सार्वजनिक गरिएको छैन ।
मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समितिले नाम सिफारिस गरेको हो ।
स्याङ्जाका विष्णुप्रसाद नेपालले आइतबार शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पदावधि ६ वर्ष हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्